कांग्रेस महाधिवेशन स्थलको सफाईमा जुटे नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार महाधिवेशन स्थल भृकुटीमण्डप परिसरलगायत उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो ।
कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोर सफा गरिएको कांग्रेसका नेता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले प्रचारप्रसारमा टाँगिएका ब्यानरलगायतका सामग्रीको सरसफाई थालिएको बताएका हुन् । पार्टीको प्रचारप्रसार समितिअन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
‘प्रचारप्रसार सामग्री जति हामीले टाँसेका थियौँ, महाधिवेशनको क्रममा प्रचारप्रसार भयो, केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी एक हप्ते प्रचार अभियान गरेको थियो,’ नेता शर्माले भने, ‘त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्री समितिअन्तर्गत सबै साथी मिलेर सरसफाई गर्ने क्रममा लागेका छौँ ।’
मंसिर २४ गतेबाट शुरु भएको कांग्रेसको महाधिवेशन मंसिर २९ गते बुधबारदेखि सकिएको छ । अझै सभापतिबाहेक पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना बाँकी रहेको छ । पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया