कांग्रेस महाधिवेशन स्थलको सफाईमा जुटे नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार महाधिवेशन स्थल भृकुटीमण्डप परिसरलगायत उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो ।
कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोर सफा गरिएको कांग्रेसका नेता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले प्रचारप्रसारमा टाँगिएका ब्यानरलगायतका सामग्रीको सरसफाई थालिएको बताएका हुन् । पार्टीको प्रचारप्रसार समितिअन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
‘प्रचारप्रसार सामग्री जति हामीले टाँसेका थियौँ, महाधिवेशनको क्रममा प्रचारप्रसार भयो, केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी एक हप्ते प्रचार अभियान गरेको थियो,’ नेता शर्माले भने, ‘त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्री समितिअन्तर्गत सबै साथी मिलेर सरसफाई गर्ने क्रममा लागेका छौँ ।’
मंसिर २४ गतेबाट शुरु भएको कांग्रेसको महाधिवेशन मंसिर २९ गते बुधबारदेखि सकिएको छ । अझै सभापतिबाहेक पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना बाँकी रहेको छ । पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् ।
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया