मंगलबार, फागुन २६, २०८२

कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी

मेरोन्यूज २०७८ पुष १ गते ०:३७

काठमाडौं । नेपाली कांग्रेसको उपसभातिमा धनराज गुरूङ र पुर्णबहादुर खड्का निर्वाचित बनेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । भने देउवा समुहकै पुर्णबहादुरले दुई हजार १२१ मत ल्याएर र शेखर कोइराला समुहका धनराजले एक ९०८ मत ल्याएर विजयी बनेका हुन् । खड्का निवर्तमान महामन्त्री थिए । भने गुरुङ केन्द्रीय सदस्य थिए । देउवा समुहबाट उपसभापतिका उम्मेदवार विजय कुमार गच्छदारले एक ९०६ मत प्राप्त गरे । धनराजले झिनो मतले गच्छदारलाई पराजित गरेका हुन् । भने कोइराला समुहका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले एक हजार ५८० मत पाएका छन् ।


प्रकाशमान सिंह समुहबाट उपसभापतिमा मैदानमा उउत्रेकी सुजाता कोइरालाले ६४४ मत ल्याएकी छिन् । महेश आचार्यले ५८९ मत ल्याए । बिमलेन्द्र निधि समुहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छिन् ।महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचित हुदैछन् ।

प्रतिक्रिया