आजको दिन कस्तो ? के भन्छ राशीफल

आज वि. सं. २०७८ साल पौष महिनाको १ गते बिहीबार, मंसिर शुक्लपक्षको त्रयोदशी तिथि । आज पौष संक्रान्ति रहेको छ ।
मेष
थोरै थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । पेशागत जीवन अनुकुल रहने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने छ । भित्रि बुद्धिको कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । लेखा ब्यवसाय, चार्टड एकाउण्टेण्ट, आयात निर्यात, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
वृष
आत्माविश्वासी व्यक्तित्व हुने छ ।तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । मनमा भने खिन्नताले सताउने छ । साझेदारीमा रहेका कामहरुमा भने अबरोध देखा पर्ने छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । व्यवस्थापन, राजनीति, प्रशासन, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
व्यवस्थापकीय क्षमता र आत्माविश्वासमा पनि कमि देखिने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण तयार हुने छ । भाग्यको साथ नरहेकाले सकारात्मक परिणाम आउन कठिन हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा फाइदा मिल्ने छ । अध्यापन, शिक्षण, पत्रकारिता, शैक्षिक क्षेत्र जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ ।
कर्कट
मनोबल कमजोर भएको ब्यक्तित्व हुने छ । आँट र दृढताको कमि हुने छ । संयमित भएर अघि बढ्नु पर्ने देखिन्छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । दुविधात्मक ब्यक्तित्व बन्ने हुँदा अन्योलता बढाउने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
सिंह
अस्पतालको खर्च धेरै हुने छ । शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । समय संयमित भएर हिड्नु पर्ने खालको छ । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोष हुने छैन् । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु होला । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुले व्यवस्थापकीय विषयमा ध्यान दिनु होला ।
कन्या
आम्दानीमा कमि आउने छ । मनोबलको कमि हुनाले आफैले लिएको लक्ष्यमा बिचलन आउने छ । मनमा दुविधाले सताउने छ । साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि समस्या आउने भएकाले संयमित रहनु नै उचित हुने छ । स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुलतातर्फ ढल्कने छ । तर पानीको कारोवार, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यातको ब्यापार जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफल प्राप्त हुने छ । पितासँग दृष्टिकोण नमिल्दा मनमुटाव देखा पर्ने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । त्यसैगरी आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा उच्च संयमताको आवश्यकता देखिन्छ । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
वृश्चिक
मनमा एकपछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताले गर्दा शारीरिक समस्या देखा पर्ने छ । उच्च रक्तचाप, रक्त अल्पता, हृयदघाट आदी जस्ता विषयमा सतर्क रहनु होला । शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित तरीकाले ध्यान दिनु होला । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनुपर्ने समय छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेल, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेको छ ।
धनु
लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । तर आन्तरिक रुपमा भने प्रतिष्पर्धात्मक विचारले दृढता पाउने छ । अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्या, उच्च रक्तचाप, हृयदसम्बन्धी समस्याको चुनौति रहने छ । सन्तानका क्रियाकलापले अपजस आइलाग्ने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
दृढ प्रकृतिको व्यक्तित्व बन्ने छ । तर अनावश्यक क्षेत्र र विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला । ब्युटिसियन, सौन्दर्य प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय शुभ छ ।
कुम्भ
वौद्धिक क्षमतामा बृद्धि हुने छ । ज्ञान विज्ञानका क्षेत्रमा तिब्रता आउने छ । निर्धारित यात्रामा समस्या आउने छ । मेहनत र पराक्रमी स्वाभावमा केही कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल बन्दै जाने छ । मनमा सुखको शान्तिको आभाष हुने छ । सन्तानले गरेका कामबाट सुख प्राप्त हुने छ । अध्ययन अध्यापनमा पर्याप्त मन केन्द्रीत हुन जाने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने भएकाले प्रतिष्पर्धीले हेप्ने छन् ।
मीन
बोलीमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । परिवारको भरोसा बढ्ने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । विद्यार्थी जीवनमा रहेकाहरुले पढाईमा प्रगति गर्न सक्ने छैनन् । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पु¥याउनु होला । ब्यापारमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया