भालुवाङबाट स्वास्थ्य मन्त्रालयको सेवा सुरु
काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले भालुवाङबाट सेवा दिन सुरु गरेको छ । स्थायी राजधानीसमेत रहेको उक्त ठाउँबाट बुधबारदेखि सेवा सुरु भएको हो ।
मन्त्री इन्द्रजित थारूले एक कार्यक्रमका बीच भालुवाङबाट सेवा सुरु गरेको जानकारी दिएका हुन् । उनले संघीय र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शैय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणको काम सुरु भएको बताए ।
उनले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले संघीय सरकारसँग खोपको व्यवस्था गर्न पहल गरिरहेको जानकारी दिएका थिए ।
स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले स्थायी राजधानीबाट सेवा सुरु भएको भन्दै सबै नागरिकले सहज ढंगले सेवा पाउने बताइन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालय सेवामूलक मन्त्रालय भएकाले सेवा दिने काममा कमी नहुने दाबी गरेका थिए ।
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया