शुक्रबार, पुष ११, २०८२

महामन्त्रीमा पराजित भएका रक्षामन्त्रीले बुझाए राजिनामा

मेरोन्यूज २०७८ पुष १ गते १५:५३

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा बुझाएका छन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष रक्षामन्त्रीबाट राजिनामा बुझाएका हुन् ।

यसअघि कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै रक्षामन्त्रीबाट राजिनामा दिने उनले घोषणा गरेका थिए । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजिनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवाले रिजाललाई असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । उनी रामचन्द्र पौडेल समुहबाट रक्षामन्त्री भएका हुन् ।

प्रतिक्रिया