बिहीबार, पुष १०, २०८२

मन्त्रीबाट राजिनामा दिएका रिजालको राजनीति पनि छाड्ने संकेत

मेरोन्यूज २०७८ पुष १ गते १७:४७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका नेता डा मिनेन्द्र रिजालले राजनीति छाड्ने संकेत गरेका छन् । रक्षामन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीति नै छाड्ने सक्ने संकेत गरेका हुन् ।

रिजालले आफू राजनीतिमा रहने वा नरहने भन्ने निष्कर्षमा नपुगेको बताए । उनले भने, ‘मैले त्यस्तो संकेत गरेको होइन, सम्भावना छँदै छैन भन्दिनँ । म त्यो निर्णयमा पुगेको छैन । गम्भीर रुपमा सोच्छु, सोच्दा कुन निर्णयमा पुग्छु । म सावर्जजनिक जीवनमा हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु ।’

महामन्त्रीमा पराजित भएपछि मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भन्दै राजिनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया