शुक्रबार, वैशाख ११, २०८३

बिपी संग्रहालयको माटो ढोगेर शर्माले सुरु गरे महामन्त्रीको यात्रा

मेरोन्यूज २०७८ पुष १ गते २०:२४

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले सुन्दरी जलस्थित बिपी कोइराला संग्रहालयको माटो ढोगेर महामन्त्रीको यात्रा सुरु गरेका छन् ।

Advertisement
NiccNicc

महामन्त्रीमा निर्वाचित भएपछि उनी सुन्दरी जलस्थित बिपी संग्रहालय पुगेर त्यहाँको माटोलाई ढोगेर आफ्नो महामन्त्रीको यात्रा सुरु गरेका हुन् । महामन्त्रमिा निर्वाचित भएपछि उनले बिपी संग्रहालयको माटोलाई ढोगेर महामन्त्रीको यात्रा सुरु गर्ने बताएका थिए ।

यसअघि उनले बिपी संग्रहालयमा रुद्राक्षको बिरुवा रोपेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उनले संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन् । संग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरेका हुन् ।

प्रतिक्रिया