एन्फाको बैठक राख्न माग

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का तीन उपाध्यक्षसहित सात केन्द्रीय सदस्यले केन्द्रीय कार्य समितिको बैठक राख्न माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा आज पत्र दर्ता गराएका छन् ।
अध्यक्षलाई सम्बोधन गर्दै एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न नसकिरहेको कारण फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपुर्ण विषयमाथि छलफल हुन बाँकी रहेकाले बैठक बस्न आवश्यक रहेको पत्रमा उल्लेख छ ।
आगामी २०७९ वैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकोले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा तथा निर्वाचन सम्बन्धी कार्यतालिका लगायत फुटबल खेलको विकाससँग सम्बन्धीत जिल्ला, प्रदेश, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन, राष्ट्रिय लिग सञ्चालनबारे छलफल गर्न आवश्यक देखिएको पत्रमा उल्लेख छ ।
“अन्य आवश्यक विषयमा समेत छलफल गर्नको लागि संघको अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गर्नुभएकाले संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं”, पत्रमा भनिएको छ ।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया