नर्भिकमा यी रोगका विरामीले निःशुल्क ओपिडी सेवा पाउने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् ।
नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न लागेको हो ।
शनिबार(भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिने छन् । उनीहरु नेतृत्वको यूरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मृगौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरुले यूरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दरसमेत उपलब्ध गराइने बताइएको छ ।
यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले शनिबार नै निःशुल्क ओपिडी सञ्चालन गर्ने छन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसम्बन्धी समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने छन् ।
डा. कुवरले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने छन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा उपलब्ध छ ।











मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया