देउवा-प्रचण्ड भेटवार्ता
एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइने

काठमाडौं । सत्ता गठवन्धन दलले नेपालमा विवादित बनिरहेको र अल्झिरहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनमा अनुमोदन गर्ने÷नगर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय वैठक बोलाउने भएका छन् । शुक्रवार विहान प्रधानमन्त्री शेरवहादुर देउवा र सरकारकै अर्काे घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का वीचमा भएको छलफलले सर्वदलीय बैठक बोलाएर यस विषयमा छलफल गर्ने समझदारी बनेको हो ।
अमेरिकाले यस विषयमा अझै पनि नेपालप्रति पर्ख र हेरकै नीति अवलम्वन गरिरहेको सन्र्दभमा नेपालको सत्तारुढ दलले भने आम सहमति जुटाउनका लागि सर्वदलीय वैठक बोलाउने तयारी गरेको हो । प्रधानमन्त्री देउवा अवको पुस ६ गते बस्ने संसदको बैठकमा नै यस विषयलाई लैजाने तयारी गरिरहेका छन् । सभामुखलाई मनाउन सञ्चारमन्त्री ज्ञानेन्द्र वहादुर कार्की र कांगैस नेतृ पुष्पा भुसाल तथा एमालेसँग सहमति जुटाउन कानुनमन्त्री दिलेन्द्रप्रसाद बढुलाई परिचालन गरिरहेका छन् ।
सत्ता गठवन्धन दलका एमसीसी अनुमोदन गराउन नहुने भन्ने पार्टी र नेतालाई भने देउवाले एकपटक संसदमा लैजाने वातावरण मात्र बनाउन सहयोग गर्न आग्रह गदै आएका छन् । पास फेल जे भएपनि गठवन्धनमा कुनै असहज नहुने र त्यसलाई सदनमा मात्र लगेर जान दिन देउवाले आग्रह गरिरहेका छन् । तर एमालेले भने सत्ता गठवन्धन भत्काउने शर्तमा आफुहरु कांग्रेसलाई सहयोग गर्न सक्ने सन्देश ओलीले देउवालाई पठाएका छन् ।
यो वेला माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाको बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा दुई नेतावीच सर्वदलीय बैठक बोलाई छलफल गर्ने समझदारी बनेको हो ।
‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ ।
अव त्यस्तो बैठक प्रधानमन्त्रीले आइतबारसम्ममा बोलाउने गरी प्रधानमन्त्रीलाई जिम्मा दिईएको छ । वैठकमा एमालेलले निरन्तर गरिरहेको संसद अवरोधका बारेमा पनि छलफल गर्ने गरी सर्वदलीय बैठक बोलाउने विषयमा प्रचण्ड र देउवाका वीचमा छलफल भएको हो ।

















पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया