माओवादी नेता ढकालको पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अर्थ जानकार युवानेता डीपी ढकालले नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा ल्याएका छन् । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित गरेर ढकालले अर्थ राजनीतिक पुस्तक बजारमा ल्याएका हुन्। भक्तपुरलाई आधार क्षेत्र बनाएर माओवादी पार्टीको राजनीति गरिरहेका ढकाल माओवादीभित्र अर्थराजनीतिका विषयमा दख्खल राख्ने मध्येका नेता हुन् ।
यो उनको छैठौं पुस्तक हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागका सदस्य समेत रहेका ढकालले पुस्तकमा नेपाली समाजको अर्थराजनीति, बिभिन्न पार्टीको दृष्टिकोण, कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई मसिनो रुपमा अर्थ राजनीतिक कोणबाट विश्लेषण गरेका छन् ।
तत्कालीन सोभियत संघ, चीन, क्युबा, उत्तर कोरिया तथा भियतनामको कम्युनिष्ट सरकारले देशको आर्थिक ब्यवस्थापन कसरी गरेका थिए भन्ने बारेमा पनि पुस्तकमा ढकालले सुष्म अध्ययन गरेर विश्लेषण गरेका छन् । ढकालको पुस्तकमा समेटिएको अर्को महत्वपूर्ण पक्ष भनेको वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरू भेनेजुयला, निकारागुवा, ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीति लाई पनि विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यसअघि उनका ‘पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’लगायतका पुस्तक सार्वजनिक भइसकेका छन्।
उनको यो पुस्तकलाई जागरण मिडिया प्रकाशनले बजारमा ल्याएको हो ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया