माओवादी नेता ढकालको पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अर्थ जानकार युवानेता डीपी ढकालले नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा ल्याएका छन् । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित गरेर ढकालले अर्थ राजनीतिक पुस्तक बजारमा ल्याएका हुन्। भक्तपुरलाई आधार क्षेत्र बनाएर माओवादी पार्टीको राजनीति गरिरहेका ढकाल माओवादीभित्र अर्थराजनीतिका विषयमा दख्खल राख्ने मध्येका नेता हुन् ।
यो उनको छैठौं पुस्तक हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागका सदस्य समेत रहेका ढकालले पुस्तकमा नेपाली समाजको अर्थराजनीति, बिभिन्न पार्टीको दृष्टिकोण, कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई मसिनो रुपमा अर्थ राजनीतिक कोणबाट विश्लेषण गरेका छन् ।
तत्कालीन सोभियत संघ, चीन, क्युबा, उत्तर कोरिया तथा भियतनामको कम्युनिष्ट सरकारले देशको आर्थिक ब्यवस्थापन कसरी गरेका थिए भन्ने बारेमा पनि पुस्तकमा ढकालले सुष्म अध्ययन गरेर विश्लेषण गरेका छन् । ढकालको पुस्तकमा समेटिएको अर्को महत्वपूर्ण पक्ष भनेको वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरू भेनेजुयला, निकारागुवा, ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीति लाई पनि विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यसअघि उनका ‘पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’लगायतका पुस्तक सार्वजनिक भइसकेका छन्।
उनको यो पुस्तकलाई जागरण मिडिया प्रकाशनले बजारमा ल्याएको हो ।















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया