शुक्रबार, पुष ११, २०८२

दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, एक घाइते

मेरोन्यूज २०७८ पुष ४ गते ८:२७

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका ६ मा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको घटनामा अर्को एक जना गम्भीर घाइते छन् ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका रामकुमार सदायको मृत्यु भएको प्रहरीले जनाएको छ । छात्तीमा छुरा लागेका उनलाई धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।

मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया