कर्णालीबाटै विसंगति हट्नु पर्दछ : कृषिमन्त्री शाही
काठमाडौँ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसंगति कर्णालीबाटै हट्नु पर्ने बताएका छन् ।
‘स्वास्थ्य र समृद्धिका लागि सप्तरंग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको छ बताए । “सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ”, उनले भने, “यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।”
संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो ।











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया