सिरहामा दुई पक्षबीच छुरा हानाहान, कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ पुष ४ गते १३:३९

काठमाडौँ । सिरहामा दुई समूहबीच भएको छुरा हानाहानमा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
गोलबजार नगरपालिका ६ मा शनिबार राति दुई पक्षबीच छुरा प्रहार भएको हो । छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो भने निकेश सदा घाइते भएका हुन् ।
घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकहरूले रामकुमारलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएकाहरू फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयबासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरी राजमार्ग अवरुद्ध गराएका हुन् ।
सम्बन्धित















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया