‘दलहरुबीच परामर्शपछि मात्र एमसीसी अघि बढ्छ’
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलले सहमति जनाएपछि मात्र एमसिसी संसदबाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसिसी टेबल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उनले सबै दलसँग परामर्श गरेर संसदबाट पारित हुने गरी छलफल गरेरमात्र कांग्रेसले एससिसीको प्रस्ताव अघि बढाउने उल्लेख गरे ।
“नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसिसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ,’ उनले भने, ‘कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेसले अगाडि बढ्छ ।”
कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढंगले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए । उनले भने, “अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र साङ्गठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्य समितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।”
पार्टीभित्र विचारको बहस आवश्यक रहेकामा जोड दिँदै नेता परियारले त्यो विचारको बहसविना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गरे ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया