बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा
काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन गरेका हुन ।
बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रीत आन्दोलन गर्नु परेको बताइन् । उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताइन् । संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताइन् । अन्तिम लडाइका लागि काठमाडौं आएको उनले बताइन् ।
सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताइन् । उनले भनिन्, ‘बाँदर झुलाका सुकुम्बासी जनताले बाच्न पाउनु पर्ने अधिकार रहेको छ । बस्तीका आँगो लगानउने विगत ८ वर्ष देखि घुुरी कर बुझाएको प्रमाण हामीसँग छ । अनि कसरी निकुञ्जको जग्गा हुन्छ ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन । माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नु भयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन् । नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाँएको छ । अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं । हामी भोट दिने बेलामा हेर्छौं । हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन । लालपुर्जा नदिएसम्म कसैलाई भोट दिदैनौं । सुकुम्बासी नपढेको जनता भनेर हेपियो । तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छ्रैनौं । आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो । जति आएका छौं । त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं । आन्दोलन नभए माग पुरा गर्नको लागि अदालतमा मुद्वा हालेर मात्रै चितवन जान्छौं ।’
सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजि रहेका छौं, तिमिहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ ।











बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया