भवन बनाउन एक करोड मूल्यको जग्गा दान
काठमाडौँ । आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गा दान गरेकी छन् । । महोत्तरीको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारकी फुली साह सुँडीले मूल्यको जग्गा दान गरेकी हुन् ।
उनले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा–५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिएकी हुन् । आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका हुन् ।
अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । “अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उनले भने ।
नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिए । जग्गादाता नगरप्रमुख साहकी आमा हुन् ।
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया