भवन बनाउन एक करोड मूल्यको जग्गा दान
काठमाडौँ । आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गा दान गरेकी छन् । । महोत्तरीको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारकी फुली साह सुँडीले मूल्यको जग्गा दान गरेकी हुन् ।
उनले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा–५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिएकी हुन् । आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका हुन् ।
अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । “अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उनले भने ।
नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिए । जग्गादाता नगरप्रमुख साहकी आमा हुन् ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया