सडकमै शव छाडेर स्थानीबासी आन्दोलित
मेरोन्यूज
२०७८ पुष ५ गते ९:५१
काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–४ मा आइतबार राति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरी रहेको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालकको लापरबाहीले दुर्घटना भएको भन्दै घटना स्थलमै शव छाडेर स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले टिप्पर तोडफोड गरी क्षति पुर्याउएका छन् ।
टिप्पर चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्कामाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया