खुला महिला केन्द्रीय सदस्य : १३६४ मत गणनामा डिला पहिलो र आरजु तेस्रो स्थानमा

काठमाडौं । ननेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना अहिले जारी छ । हालसम्म १ हजार ३ सय ६४ मत गणना सकिएको निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्म डा.डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले ८ सय २५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत ६५८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ६४० मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ ६२४ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला ५२९ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले ५१९ मत ल्याएकी छिन् । भने अनिता देवकोटा ५१३ मत ल्याएर ९ औं नम्बरमा छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना जिवयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया