खुला महिला केन्द्रीय सदस्य : १३६४ मत गणनामा डिला पहिलो र आरजु तेस्रो स्थानमा

काठमाडौं । ननेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना अहिले जारी छ । हालसम्म १ हजार ३ सय ६४ मत गणना सकिएको निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्म डा.डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले ८ सय २५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत ६५८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ६४० मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ ६२४ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला ५२९ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले ५१९ मत ल्याएकी छिन् । भने अनिता देवकोटा ५१३ मत ल्याएर ९ औं नम्बरमा छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना जिवयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।











राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया