शिविरमा चार हजार बढी पशुपंक्षीको उपचार
मेरोन्यूज
२०७८ पुष ६ गते ८:३२
काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपंक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १६० घरपरिवारका चार हजार २१७ पशुपंक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले जानकारी दिए ।
केही दिनअघि यहाँका पशुमा अज्ञात रोगको संक्रमण फैलिएको थियो । पशुमा र्याल काढ्ने, ज्वरो आउने, खानेकुरा नखानेजस्ता लक्षण देखिएको शाखा संयोजक मश्राङ्गीले बताए । निस्दी गाउँपालिकाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था सहलकोटको सहआयोजनामा शिविर सञ्चालन भएको हो ।
भेटेरेनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रबहादुर रानाले शिविरबाट निःशुल्क प्राप्त गरेका औषधि प्रयोग गरी पशुको स्वास्थ्य सुधार गर्न सकिने बताए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया