संसदमा एमसीसी पेश गर्ने प्रधानमन्त्रीको चाहना कार्यसूचीमा नपर्ने

काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेश गर्न चाहे पनि रोकिने भएको छ ।
प्रधानमन्त्री देउवाले संसदमा एमसीसी पेश गर्न साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएका थिए । आइतबार बसेको सत्ता गठबन्धन र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन ।
बैठकमा सत्ता गठबन्धनकै नेताहरूले एमसीसी संंसदमा पेश गर्नेबारे साझा धारणा बनाउन नसकी टुंगिएको थियो । सत्ता गठबन्धन दलभित्रै एमसीसीबारे के गर्ने भन्ने एजेण्डा बन्न नसक्दा आजको संसद बैठकमा एमसीसी पेश गर्ने सम्भावित कार्यसूचीमा नपर्ने भएको छ ।
त्यसो, त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा धारणा बनाइसकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलको धारणापछि मात्रै आफूहरूले बोल्ने बताउँदै आएका छन् ।
संसद बैठक अवरुद्ध बनाउँदै आएको एमालेले आजको बैठकमा समेत विरोध गर्ने भएको छ । पार्टीले तत्कालीन एमाले नेता माधव नेपालसहित केही सांसदलाई गरेको कारबाहीमा पूर्वाग्रह सोचेको भन्दै सभामुखको राजीनामा माग गर्दै आन्दोलन गरेको हो ।
एमालेले सभामुखले मार्ग प्रसस्त गर्नु पर्ने वा कमजोरी सञ्चाउनु पर्ने अडान राख्दै आएकाले संसद अवरुद्ध भएको हो । एमालेको अवरोधका बीच आज संसद बैठक बस्ने भएको छ ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया