कांग्रेस बागमती प्रदेशको मतपरिणाम सार्वजनिक
मेरोन्यूज
२०७८ पुष ६ गते १९:००

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश)को मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (२,४१९) र राजेन्द्रकुमार केसी (२,१२९) मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला नेपाल केसी दुई हजार ३४९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । यस्तै विष्णुदेवी पुडासैनीले एक हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । रासस
सम्बन्धित










युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया