कांग्रेस महाधिवेशन : मुस्लिमको मत परिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी भएका हुन् ।
अकिल मिया (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३) र सलाउ द्दिन मियाले (१६८) मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००) मत ल्याई विजयी भएकी छिन् । सो प्रतिस्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३) र सनम बेगम (१४६) मत प्राप्त गरेकी छिन् ।














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया