कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशबाट मुन्नाबाबु, केसी र खड्का निर्वाचित
मेरोन्यूज
२०७८ पुष ७ गते ९:०३

काठमाडौं । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल ‘मुन्नाबाबु’ र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनामा कँडेलले २ हजार ७ सय २७ र केसीले २ हजार २ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन् । दुवै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट कँडेल र केसी निर्वाचित भएका हुन् ।
यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट २ हजार ६ सय ७३ मत प्राप्त गरी शिला शर्मा खड्का निर्वाचित भएकी छन् । उनी काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी समेत हुन् ।
महिलातर्फको एक पदमा तीन जना प्रतिष्पर्धामा थिए ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया