शुक्रबार, पुष ४, २०८२

रौतहटमा आगलागिमा परि दुई बालबालिकाको मृत्यु

मेरोन्यूज २०७८ पुष ७ गते ११:०९

रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ ।

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको मृत्यु भएको हो ।

मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन् ।

बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो अचानक भएको आगलागीमा परेर दुई बालबालिकको मृत्यु भएको हो ।

आगोमा जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै र तत्कालै उपचारका लागि अस्पताल लगिएका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा बुधबार बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिजयपुरकाअनुसार, मदनको घर छेउमा दाइँ गर्नका लागि राखिएको धानमा लागेको आगो मदनको घरमा सल्किएको थियो ।

आगलागीबाट मदनको घर र घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया