नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
थप २३६ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड- १९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । बुधबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराइन् । मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका वृद्धमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा राखिएको र उनको सम्पर्कमा आएकाहरुको र कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रवक्ता मिश्रले जानकारी गराइन् । यसअघि नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर थप २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सो समयमा २७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया