कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न मतदान सुरु
मेरोन्यूज
२०७८ पुष ८ गते १०:२१

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ । आज बिहानदेखि मतदान सुरु भएको हो ।
बुधबार मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छाप्न् ढिलाई हुँदा मतदान एक दिन पछि सरेको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
सहमतिमा नेतृत्व टुंगो लाग्न नसक्दा दुई प्यानलबीच मतदान हुने भएको हो । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । यस्तै, अर्को पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया