सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङका दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो ।
प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सात वटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् ।
‘सबै प्रक्रिया पुगेकाले हामीले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । यस्तै, प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पञ्च वर्षीय योजना आर्थिक वर्ष २०७८–७९ देखि २०८२–८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया