बेलायतमा एकै दिन एक लाखमा कोरोना पुष्टि

काठमाडौँ । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख ६ हजार जनाभन्दा बढी संक्रमित भेटिएका हुन् ।
यसअघि एकै दिनमा ९६ हजार जनामा कोरोना संक्रमित भेटिएका थिए । कोरोना संक्रमण सुरु भएदेखि एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् । यहाँका अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।
बेलायतमा समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यस कारण कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
बेलायतमा अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया