बेलायतमा एकै दिन एक लाखमा कोरोना पुष्टि

काठमाडौँ । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख ६ हजार जनाभन्दा बढी संक्रमित भेटिएका हुन् ।
यसअघि एकै दिनमा ९६ हजार जनामा कोरोना संक्रमित भेटिएका थिए । कोरोना संक्रमण सुरु भएदेखि एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् । यहाँका अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।
बेलायतमा समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यस कारण कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
बेलायतमा अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया