नेपालमा थप २९३ जनामा कोराना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ९ हजार ९२२ जना पुगेको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट ११ हजार ५ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् ।
तीमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना गरी उपत्यकामा विहीबार १४८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ८०२, भक्तपुरमा ५१६ र ललितपुरमा ६०६ जना गरी काठमाडौं उपत्यकामा हाल १९२४ सक्रिय संक्रमित छन् ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया