बलात्कारको आरोपमा बालक पक्राउ
मेरोन्यूज
२०७८ पुष ११ गते १३:४२
काठमाडौँ । बर्दिबास नगपालिका ९ पशुपतिनगरबाट १४ वर्षीय एक बालकलाई प्रहरीले जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा बालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ । तर, अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपीको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाई छ ।
उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया