कोभिडका संक्रमित बढन थालेपछि भारतमा रात्रीकालिन कर्फ्यू

काठमाडौं । कोभिड १९ संक्रमणको दर वृद्धि हुन थालेपछि भारतको राजधानी दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू हुने भारतीय अधिकारीहरुले जनाएका छन् ।
ओमोक्रन भेरियन्टको त्रासबिच आइतवारमात्रै दिल्लीमा २९० जनामा संक्रमण देखिएको थियो। भारतमा ओमोक्रन भेरियन्टको प्रभाव दिल्लीमा अत्याधिक छ।
संक्रमण रोक्न नै रात्रिकालीन कर्फ्यू लगाउनु परेको अधिकारीहरुले बताएका छन्। अत्यावश्यक सेवाहरु भने यो समयमा प्रभावित हुने छैनन्। बजार, मल र पसलहरु राति ११ बजेसम्ममा बन्द गर्नुपर्नेछ। यस्तै, स्वास्थ्य मापदण्ड पालना गर्न पनि राज्य सरकारले सबैलाई आग्रह गरेको छ। मास्कलाई पनि फेरि अनिवार्य गरिएको छ।
यसअघि उत्तर प्रदेश र हरयाणामा पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरिएको थियो।
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ जनामा कोभिड १९ संक्रमण देखिँदा ३१५ जनाको मृत्यु भएको छ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया