रेखाका कारण अविवाहित बने सलमान

मुम्बई । बलिउडका भाइजान अर्थात् सलमान खान आज ५६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको एक दिनअघि उनलाई सर्पले टोकेको थियो । तर अहिले उनको अवस्था ठिक छ र डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
सलमान भन्नासाथ उनको विवाह कहिले हुने भन्ने चासो जोकोहीको रहन्छ । तर सलमानका अनुसार उनी एक अभिनेत्रीका कारण जीवनभर अविवाहित नै रहे । ती अभिनेत्री हुन्, रेखा ।
सलमानले एकपटक आफूले विवाह गर्न नचाहेको कारणको खुलासा गरेका थिए । यो खुलासा उनले सन् २०१४ मा ‘बिग बोस’को सेटमा गरेका थिए । जुन समयमा रेखा आफ्नो फिल्म ‘सुपर नानी’को प्रमोसनका लागि पुगेकी थिइन् ।
‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें । रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’, सलमानले भनेका छन् ।
सलमानका अनुसार योग कक्षामा रेखा नियमित योग सिकाउँथिन् । जहाँ सलमानका साथीहरु पुग्थे । रेखाका अनुसार सलमानले आफ्नो घरमा आफू ठूलो भएपछि रेखासँग विवाह गर्ने प्रस्ताव गरेका थिए । ‘सायद यही कारण मेरो विवाह हुन सकेन’, सलमान भन्छन् । सलमानको कुरा सकिन नपाउँदै रेखाले पनि ‘सायद आफ्नो पनि यही कारणले नभएको हो कि’ भनेकी छन् ।















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया