चण्डीगढमा बीजेपी मेयर पराजित, आम आदमी बन्यो ठूलो पार्टी

काठमाडौं । भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टी चण्ढीगढमा पनि ठूलो पार्टी बनेको छ । चण्डीगढमा बीजेपीका अहिलेका मेयर रविकान्त शर्मा पराजित भएका छन् ।
गएको चुनावमा २६ सिट मध्ये भारतीय जनता पार्टी बिजेपीले २१ सिटमा जित हासिल गरेको थियो । अहिले ३५ सिटमा पनि बिजेपीले मात्रै १२ सिटमा चित्त बुझाएको छ । आम आदमी पार्टीले १४ सिट हात पारेको छ । तेस्रो स्थानमा रहेको कांग्रेले ८ सिटमा जित दर्ता गराएको छ ।
शिरोमणि अकाली दलले एक सिट जितेको छ ।
चण्डीगढमा आम आद्मी पहिलो ठूलो दल बने पनि प्रतिशतको आधारमा भने तेस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानमा रहेको कांग्रेसले प्रतिशतका आधारमा बढी मत ल्याएको छ । प्रतिशतकाआधारमा कांग्रेसले २९.७९ प्रतिशत मत ल्याएको छ भने बीजेपीले २९.३० प्रतिशत र आम आद्मी पार्टीले २७.०८ प्रतिशत मत प्राप्त गरेको छ । आम आद्मी पार्टी (आप)ले पहिलो पटक चण्डीगढको विधानसभा चुनावमा भाग लिएको थियो ।
यसअघि सन् २०१६ मा भएको चुनावमा बीजेपी र अकाली दल मिलेर लडेको थियो ।
दिल्लीपछि चण्ढीगढमा उदाएको आम आद्मी पार्टीका संयोजक एवम् दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया