मौसमले खराब हुँदा हवाई उडान प्रभावित

काठमाडौँ । मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । मौसम खराबीले दुवैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।
उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ ।
मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।
उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्सले हरसम्भव लागि पर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु–कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ ।











प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया