बुस्टर डोजः ६० वर्षभन्दामाथिका र दीर्घ रोगीहरुलाई दिने

काठमाडौं । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घ रोगीलाई कोभिडविरुद्धको अतिरिक्त डोज (बुस्टर डोज) दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार स्वास्थय मन्त्रालयले उक्त निर्णय गरेको छ ।
खोप सल्लाहकार समितिका एक सदस्यका अनुसार अतिरिक्त मात्रा (बुस्टर डोज) मुटु, मिर्गौला, क्यान्सर, एचआइभी आदि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दिन समितिले मन्त्रालयलाई सुझाब दिएको छ ।
मन्त्रालयले सोमबार नै प्रदेश तथा स्थानीय तहलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउनेबारे पत्राचार गरेकोे छ । हाल अतिरिक्त मात्राका लागि भेरोसेल र कोभिसिल्ड खोप उपलब्ध गराइएको छ। सरुवा रोग विशेषत्र डा. शेरबहादुर पुनले सामान्यतया पूर्ण खोप लगाइसके ६ महिनापछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन ‘बुस्टर डोज’ दिइने बताए ।
‘शरीरमा एन्टीबडी कम हुँदै जाँदा पुनः एन्टीबडी बढाउन लगाइने खोप हो, ‘बुस्टर डोज ।’– उनले भने ।
विश्व स्वाथ्य संगठनले पछिल्लो केही दिनअघि (क्रस) मिक्सम्याक्स खोप लगाउन मिल्ने जनाएको छ । अहिलेसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले कोभिड खोपको पूर्ण मात्रा लगाएका छन् ।
इजरायलले चौथो बुस्टर दिन सुरु गरिसकेको छ । तर नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।
यो पनि पढ्नुस्
बुस्टर डोज दिँदा फरक फरक खोप दिन मिल्छ ?
















अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया