सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।
ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेरा हाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
एनका अनुसार आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
आइतबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो । ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए । त्यसलगत्तै महतोको ज्यान गएको थियो ।
सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो ।
आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । (रासस)















Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया