देशभर हिमपात र वर्षा, दैनिक जीवन प्रभावित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपात भइरहेको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको हो ।
यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा वर्षाको हुने भएको छ । उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली भागमा हिमपातको हुने भएको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ । महाशाखाले चिसो, हिमपात र सम्भावित जोखिमबाछ जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।















इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
प्रतिक्रिया