बिहीबार, पुष १०, २०८२

देशभर हिमपात र वर्षा, दैनिक जीवन प्रभावित

मेरोन्यूज २०७८ पुष १४ गते ६:३१

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपात भइरहेको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको हो ।

यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा वर्षाको हुने भएको छ । उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली भागमा हिमपातको हुने भएको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ । महाशाखाले चिसो, हिमपात र सम्भावित जोखिमबाछ जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया