भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
मेरोन्यूज
२०७८ पुष १४ गते १८:०८

गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहीबार सरकारले सार्र्वजनिक विदाको घोषणा गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले तमु ल्होसारकोअ अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि बुधबार नै गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गुरुङ समुदायले पुस १५ मा तमु ल्होसार मनाउँदै आएका छन् ।
प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको छ ।

सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया