चीनमा उपचारसँगै नेता वर्षमान पुनको सक्रियता बढ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् ।
सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले विहीबार ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए ।
भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए ।
नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनुपर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिइन् ।
महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।

नेता पुनसँग केही दिनअघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।
बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन् ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । चिकित्सकको सल्लाहपछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन् ।
जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार भईरहेको छ ।
नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।
















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया