एभरेष्ट अस्पतालको नयाँ वर्ष विशेष अफरः ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने

काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।
बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’
उनका अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।
पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्याबस्था पनि राखेको छ ।

















अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
कुलमान घिसिङले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया