मल खरिदमा अर्ब बढीको भ्रष्टाचार
कृषि सामाग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी (मल खरिद) किनेको भन्दै कृषि सामग्री लिमिटेडका कृर्षि सामाग्रीका प्रवन्ध सञ्चालक नेत्रवहादुर भण्डारी समेत १० जना र २ वटा कम्पनीउपर एक अर्व वढी भष्टाचार सहितको मुद्दा दर्ता गराएको छ ।
सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको डीएपी खरिद गरेको भन्दै उनीहरुविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ । आयोगकाअनुसार कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्कर दिप बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यस्तै नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दाबी गरिएको छ ।
कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको आयोगले जनाएको छ ।



















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया