एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश
मेरोन्यूज
२०७८ पुष १९ गते ७:१७

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए ।
प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिवकुमार झाले भूमिका खेलेका थिए ।
झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।
उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया