शीतलहरका कारण पर्साका विद्यालयहरु बन्द
मेरोन्यूज
२०७८ पुष २० गते ७:०९

वीरगञ्ज । तराईका जिल्लाहरुमा केहीदिनयता चिसो बढेसँगै विभिन्न ठाउँका विद्यालयहरु बन्द गर्न थालिएका छन् ।
चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
पछिल्लो पटक जिल्लाको ठोरी र धोविनी गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यसअघि जिराभवानीले पठनपाठन बन्द गराएको थियो ।
तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ । महानगरपालिकाको जनकल्याणकारी योजनाअन्र्तगत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
सम्बन्धित















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया