लुम्बिनीबाट राष्ट्रियसभाका लागि गठबन्धनबाट तीन जनाको मनोनयन
मेरोन्यूज
२०७८ पुष २० गते १४:१५

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१५ गरी २९६ मतदाता छन् ।
सम्बन्धित









एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया