माओवादी नेता वर्षमान पुन अस्पतालवाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन (अनन्त) अस्पतालवाट डिस्चार्ज भएका छन् । जण्डिस दोहोरिएपछि गत मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार गराईरहेका पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।
उनी तिन दिन त्यही स्वास्थ्य लाभ गरी नेपाल आउने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
नेता पुन असोज १३ गते उपचारका लागि बैंकक तर्फ लागेका थिए । तर त्यहाँ उपचारमा सुधार नआएपछि उनलाई चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा भर्ना गरिएको थियो ।
पार्टीको महाधिवेशनमा समेत उपस्थित हुन नसकेका पुन माओवादीको केन्द्रीय समितिमा निर्वाचित भईसकेका छन् । उनी पार्टी महासचिवको आकाक्षी छन् । उनले आफु महासचिवको उम्मेदवार रहेको र सकभर सहमति नभए निर्वाचन प्रक्रिया अवलम्बन गरेर भएपनि पदाधिकारी चयन हुनुपर्ने र त्यसका लागि आफु पनि सहभागी हुन चाहेको सन्देश अध्यक्ष प्रचण्डलाई पठाएपछि माओवादीले उनको उपस्थितीमा मात्र पदाधिकारी सम्वन्धी निर्णय लिने भनेर बैठक २५ पुस सम्मलाई स्थगित गरेको छ ।
स्वास्थ्यमा सुधार आएपछि उनले चिनमै रहँदा चीनका उपमन्त्री चेन झाओ लगायतसँग भेटवार्ता गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया