माओवादी नेता वर्षमान पुन अस्पतालवाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन (अनन्त) अस्पतालवाट डिस्चार्ज भएका छन् । जण्डिस दोहोरिएपछि गत मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार गराईरहेका पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।
उनी तिन दिन त्यही स्वास्थ्य लाभ गरी नेपाल आउने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
नेता पुन असोज १३ गते उपचारका लागि बैंकक तर्फ लागेका थिए । तर त्यहाँ उपचारमा सुधार नआएपछि उनलाई चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा भर्ना गरिएको थियो ।
पार्टीको महाधिवेशनमा समेत उपस्थित हुन नसकेका पुन माओवादीको केन्द्रीय समितिमा निर्वाचित भईसकेका छन् । उनी पार्टी महासचिवको आकाक्षी छन् । उनले आफु महासचिवको उम्मेदवार रहेको र सकभर सहमति नभए निर्वाचन प्रक्रिया अवलम्बन गरेर भएपनि पदाधिकारी चयन हुनुपर्ने र त्यसका लागि आफु पनि सहभागी हुन चाहेको सन्देश अध्यक्ष प्रचण्डलाई पठाएपछि माओवादीले उनको उपस्थितीमा मात्र पदाधिकारी सम्वन्धी निर्णय लिने भनेर बैठक २५ पुस सम्मलाई स्थगित गरेको छ ।
स्वास्थ्यमा सुधार आएपछि उनले चिनमै रहँदा चीनका उपमन्त्री चेन झाओ लगायतसँग भेटवार्ता गरेका थिए ।








यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया