कांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेकाे जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो ।
कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमाहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले आजै कांग्रस महाेत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । साे क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।











आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया