न्यायाधीश विनोद गौतमलाई पक्राउ पूर्जी जारी
मेरोन्यूज
२०७८ पुष २० गते २०:०५

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले न्यायाधीश विनोद गौतमलाई पक्राउ पूर्जी जारी गरेको छ । बालुवाटारस्थित सरकारी निवासको जग्गा हिनामिनासम्बन्धि मुद्दाको अनुसन्धानको क्रममा गौतमलाई पक्राउ पूर्जी जारी गरेको स्रोतले जनाएको हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्दा बढी करिब तीन सय जनाविरुद्ध आरोप पत्र बनाइरहेको सिआइबीले केही व्यक्तिहरुलाई पक्राउ पूर्जी जारी गर्ने क्रममा न्यायाधीश गौतमलाई पक्राउ पूर्जी जारी गरेको हो । उनी यसअघि नै निलम्बनमा परिसकेका छन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा हालसम्म २ सय १० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा गौतमलाई केही दिन अघि मात्रै पक्राउ पूर्जी जारी गरेको सिआइबी स्रोतले जनाएको छ । उनी भौतिक योजना मन्त्रालयमा कानुन सचिव हुँदा वालुवाटार जग्गा काण्डमा मुछिएका थिए ।
सम्बन्धित
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया