शुक्रबार, वैशाख २५, २०८३

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि रोकियो

मेरोन्यूज २०७८ पुष २१ गते ११:३३

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन सम्पन्न भइसक्दा पनि हुन नसकेको १६ जिल्लाको अधिवेशन फेरि रोकेको छ ।

पुस २७ गतेसम्म सम्पन्न गरिसक्ने निर्देशनअनुसार स्थगित जिल्लाहरुमा अधिवेशनको तयारी तीब्र भइरहँदा पार्टी केन्द्रले अधिवेशन रोकेको हो ।

आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन भएकाले निर्वाचनपछि मात्रै ती जिल्लाहरुको अधिवेशन गर्न कांग्रेसले निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थगित १६ जिल्लाको अधिवेशन माघ
यसअघि कांग्रेस केन्द्रीय समितिको पुस १२ गतेको बैठकले पुस २७ गते सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया