नेविसंघले थाल्यो – अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा विद्यार्थीसँग लिँदै आएको अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन सुरु गरेको छ । नेविसङ्घले नेपाल मेडिकल कलेजले मनोमानी ढङ्गले अतिरिक्त शुल्क लिएको भन्दै उक्त शुल्क खारेजीको माग गर्दै कलेज अगाडि आजदेखि रिले अनशन सुरु गरेको हो ।
नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कलेजले मनोमानी ढङ्गले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरिएको जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पुर्याएका विद्यार्थीको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि नेविसङ्घले राखेको छ । होस्टेल शुल्क बजार मूल्यलाई मध्यनजर गरी वैज्ञानिक तवरले निर्धारण गर्नसमेत माग गरिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया